आइतबार, जेठ ६, २०८१

मोरङको लेटाङमा जीप भीरबाट पल्टिँदा दुईको मृत्यु

मेरोन्यूज २०८० वैशाख २१ गते ८:४१

विराटनगर । मोरङको लेटाङमा जीप भीरबाट पल्टिँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

Advertisement

लेटाङ नगरपालिका–७ भिरिङखामा बुधबार साँझ भीरबाट जीप पल्टिँदा चालकसहित २ जनाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकाको धरानमा उपचार भइरहेको छ ।

प्रदेश १–०२–००१ ज ३९५३ नम्बरको जीपका चालक मोरङको पथरी शनिश्चरे नगरपालिका घर भएका ३० वर्षीय मनोज दियाली र जीपमा सवार लेटाङ– ३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका दुवै जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते लेटाङ– ६ का ५५ वर्षीय रुद्र लम्सालको उपचार भइरहेको छ ।

प्रतिक्रिया