सोमबार, जेठ ७, २०८१

सात जना सचिवहरू सरुवा, प्रहरी हिरासतमा पुगेका पाण्डे अतिरिक्तमा

मेरोन्यूज २०८० वैशाख २० गते २१:१८

काठमाडौँ । सरकारले सात जना सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले उनीहरूको सरुवा गरेको हो ।

Advertisement

सरुवा भएकामध्ये अर्थ सचिवमा अर्जुन पोखरेललाई सरुवा गरिएको छ । बजेट निर्माणका क्रममा उनको सरुवा भएको हो ।

अर्थका सचिव तोयम रायलाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ । अर्थमन्त्री विष्णु पौडेलले रायलाई अर्थमा ल्याएका थिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सरुवा गरेर कामै नदिई राखिएका सचिव बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका छन् । यसअघि उनलाई सोही कार्यालयमा पाँच सातादेखि कार्म नदिई राखिएको थियो

राष्ट्रपति कार्यालयका सचिव यादव कोइरालालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । उनी राष्ट्रपति कार्यालयमा थिए ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने तयारी गरेको आरोप लागेर बुधबार पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई अतिरिक्त समूहमा परेका छन् ।

प्रधानमन्त्री कार्यालयका सुमन अर्याललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ । महिला मन्त्रालयका सचिव डिल्लीराम शर्मालाई राष्ट्रपतिको कार्यालय लगिएको छ ।

प्रतिक्रिया