शुक्रबार, जेठ ४, २०८१

रियाशाले गरिन् रुटिनेसँग विवाह

मेरोन्यूज २०८० वैशाख २० गते १५:००

काठमाडौं । कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल (रुटिने)ले विवाह गरेका छन् । करिब तीन वर्षदेखिको प्रेम सम्बन्ध उनीहरूले विवाहमा परिणत गरेका हुन् ।

Advertisement

उनीहरुकाे विवाह भक्तपुरस्थित एक रिसोर्टमा भएकाे हाे। रियाशा भिडिओ सिरिज ‘आजकालको लभ’बाट चर्चामा आएकी थिइन् । पछिल्लो समय उनी कमेडी सिरियल ‘गाह्रो छ हो’मा व्यस्त छिन् ।

भिक्टर चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक हुन् ।

प्रतिक्रिया