आइतबार, जेठ ६, २०८१

कँडेल आत्महत्या प्रकरणः ६ जनाविरुद्ध उजुरी

मेरोन्यूज २०८० वैशाख २० गते १२:५७

चितवन । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा ६ जनाविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी परेको छ ।

Advertisement

मानसिक यातनाका कारण कँडेलले आत्महत्या गरेको भन्दै उनका परिवारले ६ जनाविरुद्ध उजुरी दिएका हुन् ।

कँडेलको सुसाइड नोटमा नाम उल्लेख गरिएका आधारमा उनीहरुविरूद्ध आत्महत्या दुरूत्साहनको मुद्दामा किटानी जाहेरी दिइएको स्रोतले जनाएको छ ।

भरतपुर महानगरपालिका ३, बेलचोकस्थित आफ्नै कार्यालयमा मंगलबार साँझ झुण्डिएको अवस्थामा कँडेल मृत फेला परेका थिए ।

प्रतिक्रिया