आइतबार, जेठ ६, २०८१

तनहुँमा ट्रक घरमा ठोक्किँदा राजमार्ग अवरूद्ध

मेरोन्यूज २०८० वैशाख २० गते ११:५१

काठमाडौँ । तनहुँमा ट्रक एउटा घरमा ठोक्किँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । ८ जना घाइते भएका छन्।

Advertisement

बुधबार बिहान बन्दिपुर गाउँपालिका–५ पृथ्वीराजमार्गको आबुखैरेनी–डुम्रे सडकखण्डमा दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अबदेश विष्टले जानकारी दिए।

ना ४ ख १९७३ नम्बरको ट्रक घरमा ठोक्किएको हो। अहिले राजमार्ग अवरूद्ध छ। राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया