आइतबार, जेठ ६, २०८१

मुस्ताङमा पाँच लाख रुपैयाँ चोरी, भक्तपुरबाट पक्राउ

मेरोन्यूज २०८० वैशाख १९ गते १९:४८

काठमाडौँ । मुस्ताङ वारागुङ गाउँपालिका १ स्थित छिरिङ खाजाघरबाट नगद पाँच लाख रूपैयाँ चोरी गरेको अभियोगमा एक जना भक्तपुरबाट पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा रामेछाप सुनापती गाउँपालिका २ लामाटोल ठेगाना भएका ३२ वर्षीय राजकुमार मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त खाजाघरको झ्यालबाट प्रवेश गरी गत पुस १२ गते उक्त नगद चोरी गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका ५ जगातिबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ पठाइएको छ ।

प्रतिक्रिया