शुक्रबार, जेठ ४, २०८१

शाहरूखका छोरा आर्यनले खोले पसल

मेरोन्यूज २०८० वैशाख १९ गते १६:४६

काठमाडाैं । वलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले पसल खोलेका छन् । आर्यनले कपडा ब्रान्ड D,YavolX लिमिटेड लक्जरी कलेक्सन लन्च गरेका हुन्।

Advertisement

उनको यो ब्राण्डलागि शाहरुखले नै पहिलो विज्ञापन खेले । शाहरुखको अटोग्राफ राखिएको ज्याकेटको कलेक्शन अगाडि आउने बित्तिकै कम्पनीको वेबसाइट फेला पर्याे । वेबसाइटमा साे ज्याकेटको मूल्य २ लाख रुपैयाँ रहेको थियाे । उच्च मूल्यका बावजुद पनि ज्याकेटहरु केही मिनेटमै बिक्री भए ।

तर, महँगो लग्जरी पहिरनका कारण आर्यनको ब्राण्ड आलोचनाको सामना गरिरहेको छ । यस ब्राण्डको टी–सर्टको मूल्य २५ हजारदेखि ४७ हजार रुपैयाँसम्म रहेको बताइएको छ । यो आम मानिसको बजेटभन्दा निकै बाहिरको कुरा हाे ।

प्रतिक्रिया