आइतबार, जेठ ६, २०८१

इन्द्रजित राई पक्राउ

मेरोन्यूज २०८० वैशाख १९ गते ९:५९

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । उनलाई बिहान काठमाडौं प्रहरीले ललितपुर प्रहरीको सहयोगमा ललितपुरको ठेचो भन्ने स्थानबाट पक्राउ गरेको हो ।

Advertisement

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको भन्दै आरोप राईमाथि छ । राई बादल पछिल्लो समय २०७४ फागुनपछि केपी शर्मा ओलीको नेतृत्वको सरकारमा गृहमन्त्री हुँदा सल्लाहकार थिए।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको पनि संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । यस घटनामा प्रहरीले यसअघि सागर राई, केशव दुलाल र सानु भण्डारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

अमेरिका पठाइदिने प्रलोभन पारेर ५० जनाभन्दा बढी मानिसबाट ३ करोड २४ लाख रुपैयाँ ठगी गरेको आरोप राईलगायत पक्राउ परेकामाथि छ।

प्रतिक्रिया