शुक्रबार, जेठ ४, २०८१

‘सकम्बरी’ गितले दुई सातामै नाघ्याे २ करोड भ्युज

मेरोन्यूज २०८० वैशाख १८ गते १६:१७

काठमाडौं । गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ले युट्युबमा दुइ करोड भ्युज नाघेको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे यो गितले २ सातामै दुइ करोड भ्यूज पार गरेको हो । गीत पहिलो दिने देखिनै युट्युवको ट्रेन्डिङको पहिलो नम्बरमा छ ।

Advertisement

गितको भिडियोमा गाउँबाट मोडल बन्ने सपना लिएर सहर आएकी एक युवतीको कथा राखिएको छ । उक्त भिडियोमा महिला पात्रको चरित्रलाई लिएर गरिएको प्रस्तुतिलाई कतिपयले आलोचना गरिरहेका छन् । आलोचनाका साथै सर्मथन पाइरहेको यो गितले दुई सातामै २ करोड भ्यूज नाघेको हो ।

सपुतकै शब्द, संगीत र स्वर रहेको यो गीतमा वर्ता गन्धर्वको पनि स्वर राखिएको छ । गीतको म्युजिक भिडियोमा कलाकार सुनिल थापा, कुशुम शर्मालगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया