शुक्रबार, जेठ ४, २०८१

जब रिसको झोकमा सलमानले शाहरुखमाथि गोली चलाए

मेरोन्यूज २०८० वैशाख १८ गते १५:१७

काठमाडौं । बलिउड अभिनेता सलमान खानले एक सुटिङको किस्सा सुनाएका छन् । उनले ‘करण-अर्जुन’ फिल्मको सुटिङका क्रममा आफले शाहरुखलाई ‘प्र्याङ्क’ गरेको किस्सा सेयर गरेका हुन् ।

Advertisement

उक्त ‘प्र्याङ्क’मा सलमानले शाहरुखलाई त्यहा हिडिरहेका मानिसहरूबीच नाच्न भनेको तर नमानेको बताए । यसैकारण रिस उठेपछि आफुले शाहरुखमाथी गोली चलाएकाे बताए । उनका अनुसार गोली लागेलगत्तै शाहरुख ढलेका थिए ।

‘हाम्रो प्लान सबैलाई डराउने मात्र थियो तर शाहरुख ढलेपछि उठेनन्’, सलमानले भने । उनी नउठेपछि आफुहरु निकै डराएको र नजिक गएर हेर्दा उनी निदाइरहेको भएको सलमानले बताए ।

सलमान र शाहरुखको यो किस्सा यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनीहरु यसअघि पठानको स्क्रिनिङका बेला एकसाथ देखिएका थिए ।

प्रतिक्रिया