शुक्रबार, जेठ ४, २०८१

तीन वर्षपछि एकसाथ देखिए पल र आँचल

मेरोन्यूज २०८० वैशाख १८ गते १२:०९

काठमाडौं । तीन वर्षपछि आँचल शर्मा र पल शाह एकसाथ देखिएका छन् । हालै प्रर्दशनमा आएको आचँल अभिनित चलचित्र ‘नाइँ नभन्नु ल ६’ हेर्न पल काठमाडौं स्थित लबिम हल पुगेका थिए । यसैबीचमा ‘आँप’जोडीलाई एकसाथ देखिएको हो ।

Advertisement

फिल्म स्क्रिनिङपछि मिडियासंग कुरा गर्दै आँचलले उद्योगकै ‘वान एण्ड वन्ली’ साथी पल भएको बताइन् । पलले ‘नाइँ नभन्नु ल ६’ हेर्दा आँचलको अभिनयले मन जितेको र उनको अभिनय कलामा सुधार आएको बताए।

सञ्चारकर्मीले संगै काम गर्ने तयारीबारे सोधेको प्रश्नमा पलले यसबारे आफुलाइ अफरहरु आइरहेको तर राम्रो स्क्रिप्टि नआउँदासम्म काम नगर्ने बताए । उनले भने, ‘आँचलजीसँग त मेरो सबैभन्दा रुचाइएको केमेस्ट्री हो । हामी फिल्ममा एकसाथ आउने भएपछि स्क्रिप्ट पनि त बलियो नै चाहियो । एकदिन सहकार्य हुन सक्छ ।’

आचँलले भने आपको सिजन आइरहेको र आप जोडीको प्रस्तुती सिजनमै आउँछ भन्दै संकेत गरेकी थिइन् ।

पलले आफूलाई सबैभन्दा मन पर्ने शृंखला ‘नाइँ नभन्नु ल ४’ भएको बताए ।

पल र आँचल दुवैले ‘नाइँ नभन्नु ल ४’ बाट अभिनयमा डेब्यु गरेका थिए । उनीहरूले ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ फिल्ममा पनि सँगै अभिनय गरेका छन् ।

प्रतिक्रिया