आइतबार, जेठ ६, २०८१

अध्यक्ष तिमिल्सिना कम्बोडिया जाँदै

मेरोन्यूज २०८० वैशाख १७ गते २१:१९

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिसिल्सना औपचारिक भ्रमणका लागि आज राति कम्बोडिया जाने भएका छन् ।

Advertisement

कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिनका लागि अध्यक्ष तिमिल्सिना आइतबार राति कम्बोडिया जान लागेका हुन् ।

अध्यक्ष तिमिल्सिनाले एसियन कल्चरल काउन्सिल र कम्बोडियन कमिटी अन नेशनल फेस्टिभल्स एण्ड सेरेमोनिजद्वारा आयोजित कार्यक्रममा विशिष्ट अतिथिको रुपमा भाग लिने कार्यक्रम छ ।

उक्त कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुनसेनलाई वल्ड बुद्दिष्ट फाउन्डेसनको पेट्रोन अफ द वल्र्ड बुद्दिष्ट अनोररी डक्ट्रेट इन ह्युमानिटीको मानार्थ पदावधि प्रदान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया