बिहीबार, जेठ ३, २०८१

माओवादी ब्रान्ड मात्र होइन, कम्युनिष्ट नै छोडन तयार हुनुहुन्छ

- हेमराज भण्डारी, राष्ट्रिय संकल्प अभियान २०८० वैशाख १७ गते १७:४१

माओवादी नाम अहिले सवैलाई घाँडो भईरहेको छ । यो आन्दोलनका नाममा जति पनि नेताहरु शीर्ष भन्ने छन, उनीहरु सवैले यो नामलाई यति बदनाम गरिदिनुभयो की त्यसपछि उहाँहरु नै अहिले यो नाम सुन्न नचाहने र उहाँहरुलाई नै घाँडो लाग्न थालेको छ ।

Advertisement

माओवादी भनेको परिवर्तन, मुक्ति, न्याय, समानता र स्वतन्त्रता, वलिदान, उर्जा, त्यागको पहिचान थियो हिजो । हिजोको त्यो सकारात्मकतालाई बचाउन उहाँहरुले सक्नुभएन । जसकाकारण पछिल्लो चरणमा माओवादी भनेको फुट, विभाजन, संर्किणता, स्वार्थ, धोकाधडीको मात्र हो भन्ने इतिहास यो नाममा उहाँहरुले जोडाउनु भयो । जसकाकारण अव यो ब्रान्डबाट चल्दैन भन्ने उहाँहरु सवैलार्इ लागेको छ । त्यसकारण उहाँहरु माओवादी नाम फेर्न चाहिरनुभएको छ ।

माओवादी ब्रान्डको नाम सवैभन्दा पहिला बाबुरामले छोडनु भयो । त्यसपछि विप्लवले छोडनुभयो । त्यसपछि प्रचण्डले छोडनुभयो र अहिले मोहन वैध किरणहरुले पनि छोडनुभयो । रुपमा अहिले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले बोक्न त बोक्नुभएको छ माओवादी नाम । तर त्यो पनि उहाँहरुलाई नाम मन परेर वोक्नु भएको होइन । उहाँहरु कति जाडो सकिन्छ, माओवादीको यो घाँडो नाम फेर्न चाहिरहनुभएको छ ।

उहाँहरुले एमालेसँग एकताकै बेला त्यो नाम छोडनुभएको हो । अदालतले फेरि पूरानै अवस्थामा फकाईदिएपछि मात्र जर्वजस्त मन नपरी नपरी माओवादी नाम बोकेर हिेडिरहनुभएको छ प्रचण्डजीहरु ।

त्यसवेला अदालतको निर्णय पछि पनि माधव नेपालहरु प्रचण्ड जीहरुसँगै रहेको भए त्यसवेला नै उहाँले त्यो नाम फाल्दिनु हुन्थ्यो । तर माधव नेपालहरु प्रचण्डसँग रहेनन । त्यसपछि वाध्यात्मक अवस्थामा माओवादी बोकेको हो। त्यसवेला प्रचण्डले माओवादी तिरको पहिलो केन्द्रीय समिति बैठकमा, नाम फेर्ने नै हो , नयाँ नामकरण गरेर नयाँ ठाँउबाट जाने हो भनेर भन्नुभएको थियो ।

उहाँहरुले त माओवादी मात्रै होइन, प्रचण्ड र केपी ओलीहरुले त नेकपा भन्ने शब्दलाई र नामलाई पनि अहिले बदनाम गराईदिनु भएको छ । अव अहिले समाजवादी केन्द्रको कुरा गरिरहनुभएको छ कतै समाजवाद भन्ने नाम र शब्दलाई पनि बदनाम नै गराईदिनु हुन्छ की भन्ने भयकर डर छ । यतिसम्मकी प्रगतिशिल शब्द नै उहाँहरुले बदनाम गरेर नभेटिएला जस्तो समस्या अहिले देखा परेको छ । उहाँहरुको सोच मा नै समस्या छ ।

उहाहरुले निरासा, कुन्ठा बाहेक केही बाँड्नु नै भएको छैन । जसकाकारण नयाँ पुस्ता माओवादी, कम्युनिष्ट भन्ने तिर आउनै, सुन्नै नचाहने अवस्था निम्ताउनु भएको छ ।

मूलत: दुईटा कारण हुनसक्छ माओवादी ब्रान्ड छोडनुको पछाडी –

१) सत्ता पावरमा रहँदा उहाँहरुलाई देशी विदेशीहरुले नाम फेर्न मनोवैज्ञानिक प्रेसर, भोकल्ली पनि सुझाव दिईरहेका देखिन्छन । सोही कारण उहाँहरु माओवादी नाम फेर्न चाहिरहनुभएको छ ।

२) मध्यम वर्ग, एलिट बर्ग कसैले पनि माओवादी नाम मन पराएनन । उनीहरुलाई पनि यो नाम पचेन । आधारभूत वर्ग त उहाँहरुले विर्सनु नै भयो । मध्यमवर्गले पनि रुचाउने स्थिती बनेन । सोही कारण पनि उहाँहरु यो नाम फेर्न चाहानुहुन्छ ।

अझ बाबुरामले समाजवादी केन्द्रको नाम प्रस्ताव गर्नुभएको छ । सिधै त्यही नाममा जान प्रचण्ड केपी सम्म तयार नै देखिन्छन । तर कम्युनिष्ट नभन्ने हो भने फेरि केही भईहाल्ने होकी भन्ने मनोवैज्ञानिक भयमा उहाँहरु हुनुहुन्छ । नत्र उहाँहरु कम्युनिष्ट पनि छोडन तयार हुनुहुन्छ जस्तो मलाई लाग्छ ।


(कुराकानीमा आधारित)

प्रतिक्रिया