बुधबार, जेठ २, २०८१

रंग खुईलिँदै गएपछि माओवादी ब्रान्ड फेर्न खोजिएको छ

- लेखनाथ न्यौपाने, प्रभावशाली युवा नेता नेकपा (माओवादी केन्द्र) २०८० वैशाख १७ गते १७:४१

माओवादी धाराका पार्टीहरुले नै पार्टीको नाममा रहेको माओवादी ट्याग अहिले छोडन थालेका छन् । किन छोडन थाल्नुभयो ? भन्दा यसलाई दुई कोणबाट हेुर्नपर्ला । एउटा ब्यवहारिक पक्ष र अर्काे सैद्धान्तिक पक्ष । ब्यवहारिक पक्षबाट हेर्दा माओवादी नाम अहिले समाजमा नेगेटिभ विम्बका रुपमा स्थापित गराईएको छ । माओवादी भनेको लुटपाट, भष्टाचार, ब्यक्तिगत स्वार्थमा मात्रै लिप्तहरुको पार्टी हो भन्ने विम्वको रुपमा स्थापित गरिएको छ । र हिजो जनयुद्ध पनि त्यसैका लागि गरिएको भने जसरी स्थापित गरिएको छ । त्यसको सामना गरेर, फेस गरेर समाजमा जान हाम्रा नेताहरुले सकेनन् ।

Advertisement

विप्लवले पार्टीको नामबाट माओवाद छोडने बेलामा आन्तरिक संश्लेषण त्यही गरेर छोडेका थिए भन्ने छ । प्रचण्ड दिशाविहिनताको अवस्थामा देखिनुहुन्छ । हाम्रोमा पनि नाम फेर्ने कुरा आएकै छन् ।

किरणहरुले सारमा के भनेर छोडेका छन्, त्यो आउला क्रमशः तर उहाँहरुले पनि छोडनुभयो ।

दोस्रो नयाँ जनवादी क्रान्ति सम्पन्न भईसकेको भन्ने संश्लेषणका सम्वन्धमा त्यससँग सान्र्दभिकता सम्पन्न भएपछि पनि कतिपय अवस्थामा नाम फेरिन सक्छन । प्रचण्डले नयाँ जनवादी क्रान्ति सम्पन्न भईसकेको बताएका छन् । यो सन्र्दभमा एउटा होला । तर किरण कमरेडहरुले अझै जनवादी क्रान्ति सम्पन्न भएको भन्ने स्वीकारेका छैनन । त्यसअर्थमा किरणहरुले किन नामबाट माओवादी हटाए फेरि त्यो हेर्न बुझन बाँकी छ । तर जहाँसम्म किरण पार्टीभित्र माओवाद भन्दा विचारधारा भन्ने रामसिंह श्रीषहरुको एकता हुँदा नै किरणहरु संख्यात्मक रुपमा विचारधारा खेमाको घेराबन्दीमा थिए भन्ने थियो । त्यसको पनि केही असर त्यहाँभित्र परयो की त ।

संसारभर कम्युनिष्टहरु ओरालो लागेका बेला माक्र्सवाद, लिलनवाद छोडने लहर चल्छ । यूरोपतिर समाजवादी पनि छोडेर अहिले ग्रीन पार्टीहरु जन्मिन थालेका छन् ।

सारमा म यसलाई रंग खुईलिँदै गएपछिको अभिब्यक्तको रुपमा टिप्प्णी गर्न रुचाउँछु ।

(कुराकानीमा आधारित)

प्रतिक्रिया