आइतबार, जेठ ६, २०८१

बेरोजगार भएपछि भौतारिए, निरूको हत्या गरी लुटेको सिक्रीबाट फोन किने

मेरोन्यूज २०८० वैशाख १७ गते १६:१७

काठमाडौँ । काठमाडौँको कपनस्थित सरस्वतीनगरमा भाँडा पसल राख्दै आएकी निरु भन्ने नीरा पाण्डेको हत्या आरोपी विनोद विकलाई सार्वजनिक गरिएको छ । प्रहरीले आज दिउँसो उनलाई सार्वजनिक गरेको हो ।

Advertisement

हत्यामा प्रयोग भएको चक्कु मनोहरा खोलामा फ्याकेको विकले बयान दिएका छन् । झापाको धुलाबारी १० घर भएका उनी वैशाख ७ गते दिउँसो निरुको हत्या गरी १४ गते घर गएका थिए ।

निरुबाट लुटिएको करिब एक लाख रुपैयाँ बराबरको सिक्री वैशाख १३ तारकेश्वरको पाथीभर ज्वेलर्समा बेचेपछि उनले आफ्ना लागि फोन किनेका थिए । उनले १० हजारको नयाँ मोबाइल किनेका हुन् ।

ठमेलमा बाउन्सरको जागिर छाड्नु परेपछि उनी बेरोजगार थिए । त्यही कारण उनी वैशाख सुरुदेखि भक्तपुरको लोकन्थलीस्थित साथीको कोठामा बस्दै आएका थिए ।

प्रहरीका अनुसार निरुको हत्याका क्रममा रगत लागेको सर्ट लोकन्थलीस्थित साथीको घरमा भेटिएको छ ।

प्रतिक्रिया