शुक्रबार, जेठ ४, २०८१

‘प्रसाद २’ र ‘नाइँ नभन्नु ल ६’ले दुई दिनमा कति कमाए ?

मेरोन्यूज २०८० वैशाख १७ गते १४:३५

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएका चलचित्र नाइँ नभन्नु ल-६,प्रसाद-२ र कैदीकाे पत्रले रिलिजकाे दुइदिन पार गरिसकेका छन्। हलहरूमा एकसाथ प्रदर्शनमा आएका तीनै फिल्मले बक्सअफिसमा राम्राे ओपनिङ भने गर्न सकेनन् ।

Advertisement

विकासराज आचार्य निर्देशित ‘नाइँ नभन्नु ल ६’ मा आशिर्वाद बराल र आँचल शर्माको मुख्य भूमिका रहेको छ । किशोर र तन्नेरी पुस्ताको प्रेम र परिवारको कथावस्तु रहेकाे याे फिल्मकाे पहिलो दिनको ओपनिङ निकै कमजोर रहेको जानकारी प्राप्त भएकाे छ ।

फिल्मले पहिलो दिनमा ५ देखि ६ लाखकाे आसपासमा कमाइ गरेको बताइएकाे छ। दोस्रो दिन राम्राे कमाइ गर्ने अनुमान गरिए तापनि फिल्मले दर्शककाे साथ पाउन सकेन । फिल्मले दाेस्राेदिन ८ लाख हाराहारीमा कात्र कलेक्सन गर्न सक्याे । चलचित्रकाे दुइदिनकाे कमाइ हेर्दा १५ लाख हाराहारीमा रहेकाे देखिन्छ ।

त्यस्तै सुदर्शन थापा निर्देशित ‘प्रसाद २’ ले पनि पहिलाेदिन साेचेअनुरूप प्रश्तुति देखाउन सकेन । दशर्कबाट भने राम्रै प्रतिकृया पाइरहेको याे चलचित्रले पहिलो दिन १५ लाखमाथीकाे कलेक्सन गरेको बताइएकाे छ । दोस्रो (शनिबार)काे दिन फिल्मले १२ देखी १५ लाखको आसपासमा कमाइ गरेको बताइएको छ ।

विपिन कार्की, केकी अधिकारी, अर्पण थापाकाे मुख्य अभिनय रहेकाे चलचित्रले दुइदिनमा ३० लाख हाराहारीमा संकलन गरेकाे बताइएकाे छ ।

‘प्रशाद २’ को ‘ओर्ड अफ माउथ’ निकै राम्रो आइरहेकाले यसको कमाइ पनि बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया