शनिबार, जेठ ५, २०८१

बाजुरामा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्यूडको भूकम्प

मेरोन्यूज २०८० वैशाख १५ गते ६:५३

बाजुरा । बाजुरा केन्द्रबिन्दु भएर गएराति दुईपटक भूकम्प गएको छ। मध्यरातमा बाजुरामा दुईपटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Advertisement

बाजुराको दहकोट केन्द्रबिन्दु भएर गएराती ११ः५८ बजे ४.९ म्याग्निच्यूडको र १ः३० बजे ५.९ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ।

बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले भूकम्पको क्षतिबारे जानकारी नआएको बताए।

प्रतिक्रिया