शनिबार, जेठ ५, २०८१

चट्याङ लागेर बालकको मृत्यु, दुई घाइते

मेरोन्यूज २०८० वैशाख १४ गते ९:५१

ताप्लेजुङ । तथाप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । दुई घाइते भएका छन् । गएराति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो ।

Advertisement

चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन् । घाइते दुवै जनाको जिल्ला अस्पतालको उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए ।

प्रतिक्रिया