शनिबार, जेठ ५, २०८१

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा पानी पर्ने

मेरोन्यूज २०८० वैशाख १४ गते ६:२२

काठमाडौँ । अहिले मुलुकभर पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Advertisement

महाशाखाका अनुसार सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू–भागहरुमा आँशिक बदली तथा बाँकी भू–भागहरुमा मौसम समान्यतया सफा रहेको छ।

दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा देशका बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातिी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघ गर्जन र चट्याङ तथा तराई र पहाड दुवैमा हावा–हुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया