बिहीबार, वैशाख २०, २०८१

उपनिर्वाचनले कांग्रेसको चरित्र र गतिशिलता पुनस्थापित गर्नुपर्ने सन्देश दिएको छ : डा. रिजाल

मेरोन्यूज २०८० वैशाख १३ गते १३:०४

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले १० बैशाखमा सम्पन्न उपनिर्वाचनले नेपाली कांग्रेसको चरित्र र गतिशिलता पुनस्थापित गर्नुपर्ने सन्देश दिएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा नेता डा. रिजालले लेखेका छन्, ‘हाम्रा लागि कांग्रेसको चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने अपरिहार्य सन्देश प्रष्ट छ।’

डा. रिजालले उपनिर्वाचनमा रास्वपा नेता रवि लामिछाने र डा. स्वर्णिम वाग्लेलाई विजय, जसपा नेता उपेन्द्र यादवलाई प्राप्त सफलताकालागि हार्दिक बधाई र सफल प्रतिनिधि सभा कार्यकालको शुभकामना पनि आफ्नो ट्वीटमा दिएका छन् ।

कांग्रेसले उपनिर्वाचन भएका तीन क्षेत्रमध्ये तनहुँ १ र चितवन २ मा पार्टीबाट उम्मेदवार उठाए पनि पराजित भएका थिए ।

मंसिरमा जितेको तनहुँ १ पनि वैशाखको उपचुनावमा कांग्रेसले गुमाउँदा एक सिट घटेको छ ।

प्रतिक्रिया