आइतबार, जेठ ६, २०८१

७० लाख चोरी गर्ने ‘खल्ती’ का दुई कर्मचारीविरुद्ध मुद्दा नचल्ने

मेरोन्यूज २०८० वैशाख ११ गते २०:१३

काठमाडौँ । डिजिटल वालेट ‘खल्ती’का दुई जना कर्मचारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको छ ।

Advertisement

सेवाग्राहीको खाताबाट रकम चोरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले डिजिटल वालेट ‘खल्ती’का कर्मचारीलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा रामेछाप घर भएका अनिल कार्की र कैलाली घर भएका सन्देश स्वाँर रहेका छन् । उनीहरूविरुद्ध ठगी मुद्दामा सरकारी वकिल कार्यालय काठमाडौँले ‘मुद्दा नचल्ने’ निर्णय गरेको हो ।

पक्राउ परेकाहरूले सेवाग्राहीको खाताबाट ७० लाख रकम चोरी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनीहरूले सेवाग्राहीको पैसा फिर्ता गरेपछि आरोपीहरुविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए ।

उनले भने, “मुलुकी फौजदारी कार्यविधिसंहिता ०७४ को दफा (१७) अनुसार मिलापत्र भएको छ ।” गएको चैत पहिलो साता ब्यूरोले कार्की र स्वाँरलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया