आइतबार, जेठ ६, २०८१

विवाहको १० वर्षपछि दाइजोमा सुन नल्याउने भन्दै श्रीमतीको शरीरमा लगाए आगो

मेरोन्यूज २०८० वैशाख ८ गते १७:१३

काठमाडौँ । दाइजो नदिएको भन्दै धनुषामा श्रीमतीलाई आगो लगाएर हत्या गर्ने प्रयास भएको घटना बाहिरिएको छ ।

Advertisement

जनकपुरधाम उपमहानगर २० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झाको शरीरमा उनका श्रीमान राजिव झासहित परिवारका सदस्य मिलेर आगो लगाएर हत्या गर्ने प्रयास भएको हो ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी श्वेताले श्रीमान राजिवले परिवारका अन्य सदस्यको सहयोगमा आफ्नो शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको बताएकी हुन् ।

श्वेताले आफूलाई श्रीमान, ससुरा शिवशंकर झा, सासु र देवरलगायतकाले कुटपिट गर्दै शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको बताइन् । नयाँ वर्षको दिन राजिवले नौ वर्षीय छोरालाई कुटपिट गरिरहँदा छोरालाई बचाउने क्रममा उनले श्वेतालाई पनि कुटपिट गरेका थिए ।

घटनाबारे थाहा पाएपछि भारत विहारको दरभंगास्थित पोठिया माइती रहेकी श्वेताका बुबा जयकुमार झा, भाइलगायतका आफन्तले उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका छन् । श्वेताको घाँटीभन्दा तल ३५ प्रतिशत भाग जलेको छ ।

‘विवाह भएको १० वर्ष बितिसकेको छ, दाइजोमा स्वीकारेको तीन तोला सुन अहिलेसम्म नदिएको भन्दै उनीहरूले मलाई विगतदेखि नै कुटपिट गर्दै आएका थिए,’ उनले भनिन्, ‘अहिले आगो लगाएर हत्या गर्ने प्रयास नै गरेका छन् ।’

घाइते स्वेताले श्रीमान राजिव र ससुरा पक्षले विवाहमा तीन तोला सुन मागेको बताइन् । त्यतिबेला बुबाले दुई लाख भारतीय रुपैयाँ दिए पनि अहिल सुन नदिएको भन्दै कुटपिट गर्दै आएको उनले बताइन् ।

प्रतिक्रिया