आइतबार, जेठ ६, २०८१

डढेलो निभाउँदा जलेका बालक मुखियाको मृत्यु

मेरोन्यूज २०८० वैशाख ८ गते ९:१४

काठमाडौं । गुल्मीमा डढेलो निभाउँदा जलेर गम्भीर घाइते भएका १३ वर्षीय बालक दीपक मुखियाको मृत्यु भएको छ।

Advertisement

गएराति जिल्लाको धुरकोट गाउँपालिका–३ हारहारे वर्दवासको जंगलमा लागेको डढेलो निभाउन गएका स्थानीय १३ वर्षीय बालक मुखिया जलेर गम्भीर घाइते भएका थिए।

घाइते भएका मुखियाको पाल्पा मिसन अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए।

डढेलो निभाउँदा गम्भीर घाइते भएका ५५ वर्षीय धनबहादुर जोगीलाई आज थप उपचारका लागि बुटवल लगिएको डिएसपी पाण्डेले बताए।

प्रतिक्रिया