आइतबार, जेठ ६, २०८१

खसी चेरेर बिक्री गरिरहेको अवस्थामा पक्राउ

मेरोन्यूज २०८० वैशाख ७ गते १०:४६

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका-२ मा खसी चोर्ने एक युवक पक्राउ परेका छन् । मंगलबार राती २ बजे चुल्ठेपानी स्थित मनोज बुढाथोकीको गोठबाट खसी चोरोको आरोपमा ३० वर्षीय हिमाल तामाङ पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

बुढाथोकीको गोठमा बाँधी राखेका २ वटा खसी चोरेर सित्खा बजारमा बिक्री गरिरहेको अवस्थामा प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।

चोरी गर्ने तामाङलाई जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखी जिल्ला अदालत रामेछापबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया