बुधबार, जेठ २, २०८१

उपेन्द्र- सिके सम्वन्ध

शत्रुतापूर्ण सम्वन्ध, मधेसमा वर्चस्वको होड

बारा २ को उपचुनाव पाँच महिना अगाडीको सप्तरी २ को ‘रि-म्याच′ जस्तै

शितल शर्मा २०८० वैशाख ५ गते १६:३९

धेसको राजनीतिमा अहिले एउटै पार्टीको बर्चश्व छैन । क्षेत्रीय राजनीतिमा विगतमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको करिव करिव एकलौटी जस्तो होड थियो । त्यसको पछि पछि जसपालाई पछ्याउँदै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी लोसपा दौडिन्थ्यो ।

Advertisement

स्वार्थ मिल्दा र पार्टीभित्रका आन्तरिक संकट निम्तदा भने विगतमा यी दुई दल एकै दलमा समाहित समेत भएका थिए । तर फेरि नेतृत्व टकराव, स्वार्थ नमिल्दा अलग अलग राजनीतिमा छन्, उनीहरु ।

विगतमा जस्तो जसपा र लोसपा मात्रै क्षेत्रीय दलका रुपमा अहिले मधेसमा छैनन । गत मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनपछि मधेसको क्षेत्रीय राजनीतिको सिन बदलिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव आफै चुनावमा पछारिएपनि उनको दल नै केही शक्ति खुम्चिएर मधेसको क्षेत्रीय पार्टीमा पहिलो नै छ । तर उनको दललार्इ टक्कर दिन अहिले नयाँ दल आएको छ जनमत पार्टी ।

जनमत अध्यक्ष सिके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी २ मा चुनाव हराई दिएका मात्रै छैनन्, उपचुनावमार्फत बारा २ बाट फेरि प्रतिनिधिसभा छिर्ने यादवको दाउमा तगारो बनेर उभ्भिदिएका छन् ।

राजनीतिक पृष्ठभूमि खोतल्दा यी दुईका आ आफ्नै कथा छन् । उपेन्द्र वाम पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका हुन् । एमाले, माओवादी हुँदै गैहसरकारी सस्थाका रुपमा एनजिओ हाँकेर अगाडी बढदै गर्दा उपेन्द्रले त्यही एनजिओलाई आफ्नै नेतृत्वको पार्टीमा बदलेर नयाँ कोर्शबाट राजनीतिमा आए । पहिचानको मुद्दालाई उनले मधेसमा जर्वजस्त स्थापित गराउन ठूलो मधेस आन्दोलनको नेतृत्व नै समेत सम्हाले ।

त्यसयता उपेन्द्र निरन्तर केन्द्रीय सत्ताको वरिपरि नै छन् ।

सिके राउत भने पृथकतावादी आन्दोलनबाट राजनीतिक यात्रा शुरु गरेर राजनीतिक कोर्सलाई नै युटर्न गरेर अहिले संसदमा पुगेका नेता हुन् । ०६३ को मधेस आन्दोलनबाट स्थापित नेता यादवको त्यसयताको निरन्तरको सत्ता पेरिफेरिको गोलचक्करलार्इ यसपटक सिकेले गत मंसिरको चुनवामा ब्रेक लगाईदिएका थिए ।

संसदको यात्रामा ब्रेक लागेपछि उपेन्द्रले उपचुनावको साहरा लिएर फेरि संसद छिर्ने बाटो बारा २ बाट खोज्न पुग्दा त्यहाँ पनि अहिले सिके राउत बलियो छेकबार लगाउन बारामै अडडा जमाएर बसेका छन् ।

सिके भन्दा खारिएका उपेन्द्र
संसदीय राजनीतिमा सिके भन्दा खारिएका नेता हुन् उपेन्द्र यादव । तर उपेन्द्रलाई अहिले सिके राउत जहाँ पुगेपनि काडै विझेसरी विझने पात्रका रुपमा देखा परेका छन् । सप्तरीमा बलियो जनमत आफ्नो हुँदाहुँदै पनि उपेन्द्र सिके राउतसँग नराम्रोसँग पराजित हुनु पुगे । मधेसको राजनीतिका मसिहा मानिएका उपेन्द्रलाई ४ मंसिरमा सम्पन्न भएको सप्तरी २ को चुनावमा राउतले दोब्बर बढी मतले लज्जाजनक हार चखाएका थिए ।

अहिले बारा २ मा सिकेको पार्टीका उम्मेदवार शिवचन्द्र कुसुवाह र उपेन्द्र यादवका बीचमा चुनावी प्रतिस्पर्धा छ । सिकेका उम्मेदवार को छन् भन्ने बारा २ का मतदाता धेरैलाई नाम थाहा छैन, तर चुनवाका मतदातालाई उपेन्द्र र सिकेबीचमै चुनाव भईरहेको परेको छ ।

राजनीतिका सिकारु सिकेले खारिएका उपेन्द्रलाई अहिले आच्छुआच्छु पारिरहेका छन् । देशको उपप्रधानमन्त्री, मन्त्रीसम्म भईसकेका उपेन्द्रलाई सरकारमै नपुगेका सिकेले राजनीतिको स्वाद चखाईरहेका छन् ।

बारा २ को यो उपनिर्वाचन सप्तरी २ को रि म्याच जस्तो देखिएको छ । अर्थात बारा २ मा उम्मेदवार नै नरहेका जनमत पार्टीका अध्यक्ष सिके राउतका कारण संसद पुग्ने यादवको योजना धरापमा नपर्ला भन्न सकिन्न ।


मुल पक्ष : बर्चश्वको लडाँई
मधेसमा ८ जिल्ला छन्, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा र सर्लाही । यी ८ जिल्लामा पहिला मुलधारका राजनीतिक दललाई समेत पाखा लगाएर उपेन्द्र यादवको क्षेत्रीय दल राजनीतिमा चर्काे रुपमा उदाएको थियो । तर क्रमशः कांग्रेस, एमालेले आफनो गुमेको बचश्र्व फर्काउन थालेका छन् । माओवादी विगतको भन्दा खस्कदो अवस्थामा मधेसमा देखिएका छन् ।

केन्द्रीय राजनीतिमा भन्दा क्षेत्रीय राजनीति र मधेस प्रदेश सरकारमा कसको बर्चश्व हुने भन्ने लडाईमा अहिले क्षेत्रीय दलहरु नै छन् । त्यसमा उपेन्द्रको जसपा र सिके राउतको जनमत नै अहिले क्षेत्रीय दलका मुख्य प्रतिस्पर्धी देखिएका हुन्। २०७४ मा मधेस प्रदेशमा जसपा सवैभन्दा ठूलो दल थियो । तर अहिले जसपालाई एमाले र कांग्रेसले उछिनेर तेस्रो दलका रुपमा झारिदिएको छ । जनमत उपेन्द्रको पार्टीसँगै प्रतिस्पर्धा गर्ने गरी चौथो ठूलो दलका रुपमा मधेसमा उदाएको छ ।

१०७ सिट रहेको मधेस प्रदेश सभामा प्रत्यक्षमा १५ सिट जितेको नेकपा एमालेले समानुपातिकमा ८ सिट थपेर २३ सिट प्राप्त गर्दै पहिलो दल बनेको छ। यस्तै प्रत्यक्षमा १३ सिट जितेको कांग्रेसले समानुपातिकमा सबैभन्दा बढी ९ सिट जिते पनि २२ सिटसहित दोस्रो स्थानमा छ। त्यस्तै, यसअघि मधेशमा पहिलो दल बनेको जसपा यसपालि तेस्रो दल बनेको छ। उसले प्रत्यक्षमा नौ र समानुपातिकमा सातसहित १६ सिट जितेको छ। प्रत्यक्षमा ६ सिट जितेको जनमत पार्टीले समानुपातिकमा ७ सिट हासिल गरी १३ सिटसहित चौथो दल बन्दा लोसपाले प्रत्यक्षमा सात र समानुपातिकमा दुई सिट पाएर पाँचौ दल भएको छ।

यसले पनि मधेसको क्षेत्रीय राजनीतिमा उपेन्द्र या सिके राउत कुन दलले बचृश्व कायम गर्ने भन्ने होडवाजी शुरु भएको छ । जसकाकारण एकले अर्काे नेता वा दललाई स्वीकार गर्ने अवस्था अहिले बनेको छैन । मधेस प्रदेशको सरकारको नेतृत्व उपेन्द्रको पार्टी जनता मसाजवादीले गरेको छ । तर त्यही सरकारमा जनमत पनि छ । जनमतलाई सरकारबाट बाहिर लैजाने खेल त्यहाा जारी छ । बैशाख १० को उपचुनावपछि यो खेल उत्कर्षमा पुग्ने देखिदैछ ।

त्यसैले पनि उपेन्द्रलाई सकभर खुम्चाउने योजनामा सिके राउत देखिएका छन् ।

अस्वस्थ्थ सम्वन्ध, चर्काे द्दन्द्द

मधेसमा उपेन्द्रको पार्टी रहँदासम्म आफनो पार्टीको संगठन बलियोसँग विस्तार गर्न नसक्ने ठम्याईमा सिके राउत छन् । जसकाकारण राउत उपेन्द्रसँग पहिले देखि नै नजिक हुन चाहिरहेका देखिदैनन । राउतले आफनो राजनीतिक कोर्शमा युटर्न गरेपछि उनले मधेसमा किसानका मुद्दालाई राजनीतिक एजेण्डा बनाए । आफनो वौद्दिकता बेचेर मधेसका मतदाता आर्कर्षित गर्ने नीति लिए । तराई मधेसमै बसेर किसानका एजेण्डा र नारा सँगै बसेर उठाईरहे । यसले तराई मधेसमा राउतको लोकप्रियता वढन थाल्यो ।

मधेस आन्दोलनको बल र मधेसी पहिचान स्थापित गराएर मधेसमा रजगज गरेका यादव भने सत्तामुखी हुन थाले । उपेन्द्रको सत्ता मोहकै कारण राउतले त्यही वेला उनीमाथी प्रहार गर्ने नीति बनाए । उपेन्द्र उपप्रधान तथा स्वास्थ्यमन्त्री हुँदा ०७५ भदौ ७ गते वर्दिया पुगेका उपेन्द्रलाई सिके राउतका कार्यकर्ताले कालो झण्डा देखाए ।

कालो झण्डा देखाउने क्रममा प्रहरीले राम मनोहर यादवलाई पक्राउ गरयो। थुनामा रहेका बेला राममनोहर बिरामी परे। उपचारका लागि काठमाडौँ लाँदै गर्दा बाटोमै उनको निधन भयो। सिके राउतले यादवले नै राममनोहरलाई मार्न लगाएको आरोप लगाए। यो घटनापछि उपेन्द्र र सिकेराउतको जनमत पार्टीका बीचमा सतहमै देखिने गरी तिक्तपूर्ण सम्वन्ध बनेको हो ।

त्यसयता जनमतले जसपा र अझ खासगरी उपेन्द्र यादवमाथी कडा छेकबार र आक्रमणको तारो बनाउन थालेको देखिन्छ । ‘जनमत पार्टीका नेता कार्यकर्ताहरुले राम मनोहरको निधनपछि उपेन्द्रसँग सहज सम्वन्ध बनाउनै चाहेका छैनन, यही घटनापछि सिके र उपेन्द्रका बीचमा दुश्मनी सम्वन्ध बनेको हो,’ सिके राउतका पार्टीका एक केन्द्रीय नेताले मेरोन्यूजसँग भने ।

त्यसयताको शत्रुतापूर्ण ब्यवहार उपचुनावका भाषणहरुमा समेत चित्रित भईरहेको छ । सोमबार मात्रै बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ मा चुनावी घरदैलोका क्रममा सन्चारकर्मीसँग कुरा गर्दै उपेन्द्र यादवले सिके राउतमाथी गम्भिर आरोप लगाएका थिए ।

‘सिके राउत को हुन ? कहाँबाट परिचालित छन् ? के का लागि परिचालित छन् रु भन्ने कुरा रहस्यमयी छ, यस बारे धेरै कुरा खोज्नुपर्छ र बिस्तारै खुल्दै जानेछ।’ यादवले भनेका थिए ।

उता राउतले पनि बाराका हरेकजसो चुनावी कार्यक्रममा पुगेरै अधिकांश समय यादवको विरोधमै खर्च गर्ने गरेका छन् । उपेन्द्रमाथि निशाना साँध्दै राउतले कहिले ‘जहरिला साँप’, ‘बाहिरिया फिरंगी’, ‘भगौडा’जस्ता आरोप लगाउने गरेका छन् ।

उपेन्द्र-सिके भेटघाट

उपेन्द्र र सिके राउतका बीचको टक्कर आजदेखिको होइन । २०६३ तिर मधेस आन्दोलनताका अमेरिका छाडेर मधेस राजनीतिमा सीके राउतको इन्टी भएको थियो । त्यो आगमनलाई उपेन्द्र यादवले मन पराएका थिएनन् । मधेसी मोर्चाबाट २०६४ मा टुँडिखेलमा भएको आमसभामा सीके राउतले पहिलो पटक सम्वोधन गरेका थिए । एउटै मञ्चमा देखिएका राउत र यादवका बीचमा खास सम्वाद त्यसवेला पनि भएन ।

सीके राउत आन्दोलनमा हुँदा सबैभन्दा बढी टार्गेट उपेन्द्र यादवको पार्टीलाई नै गर्थे । यहाँसम्म कि सीके राउतले उपेन्द्र यादवलाई सम्बोन्धन गर्दा ‘कालानाग’ नै भन्थे । अर्थात् मधेसमा सीके राउत र उपेन्द्र यादव बिचको द्वन्द्व धेरै पुरानो हो ।

उपेन्द्रले पनि मधेसलाइृ अलग राज्यको पृथकतावादी आन्दोलन चलाएको कारण सिकेलाई सुरु देखि नै रुचाएनन । त्यसपछि सिकेले आफनो राजनीतिक कोर्स बदले, तर पनि यी दुईबीच हार्दिकताको सम्वनध कहिल्यै रहेन ।

यदाकदा एउटै मञ्चमा देखिएपनि उनीहरुको औपचारिक भेटवार्ता भएको थिएन । जब सिके राउत आफै पनि चुनाव लड्ने निश्कर्षमा पुगे, त्यसपछि मात्र हो राउत र यादवका बीचमा पहिलो पटक भेटवार्ता भएको ।

मंसिर ४ को चुनाव अगाडी जब सिके राउत चुनाव लड्ने निश्कर्षमा पुगे, त्यसपछि उनी उपेन्द्र यादव भेटन यादवको निवासमै पार्टीका अर्का एक नेता साथ लिएर पुगे । सिकेले उपेन्द्रसँग त्यसवेला मधेसका शक्तिहरु एक भएर चुनावमा जाऔं भन्ने प्रस्ताव राखेका थिए । उपेन्द्रकै निर्वाचन क्षेत्र जहाँ सिके राउतको पुख्यौली थलो पनि हो, त्यही उनले चुनाव लड्ने योजना बनाईसकेका थिए । तर उपेन्द्रले राउतको प्रस्ताव स्वीकारेनन ।

सिकेका एक केन्द्रीय सदस्यले मेरोन्यूजलाई सुनाए अनुसार, त्यसवेला उपेन्द्रले गठबन्धनको कुरै सुन्न चाहेनन । उनले राजनीतिमा सिकेको पार्टी नयाँ भएको र अहिले सिक्नुस् मात्रै भनेर टारिदिए ।

त्यसपछि पनि चुनवामो उम्मेदवारी मनोनयनका दिनसम्म पनि प्रत्यक्ष सम्वाद नभएपनि अनौपचारिक सम्वाद यी दुई नेताका बीचमा भएको थियो। मनोनयन दर्ताको केही दिन अगाडी मात्रै फेरि उनीहरुका बीचमा वार्ता भयो । त्यसबेला सिके राउतले उपेन्द्रलाई सप्तरी २ आफनो लागि छोडिदिन र सप्तरी १ मा चुनाव लड्न आग्रह गरेका थिए । जवाफमा उपेन्द्र केही बोलेनन । उपेन्द्र यादवको पार्टी मंसिर ४ को चुनावमा एमालेसागको गठबन्धनमा थिए । एकातिर एमाले जसपाको गठबन्धन र अर्कोतिर कांग्रेस, माओवादी, लोसपा, एकीकृत समाजवादीसम्मका अर्को गठबन्धन । सिके त्यसवेला एक्लिए । तर पनि उनले सप्तरी २ मै चुनाव लड्ने योजना बनाए ।

उपेन्द्रका लागि सप्तरी १ मा उम्मेदवारी छोडने गरी मनोनयन दर्ताका दिनसम्म उनले सप्तरी १ मा उम्मेदवार तय गरेका थिएनन । जब उपेन्द्र सप्तरी २ मै उम्मेदवारी दर्ता गर्न हुल बाँधेर पुगे, त्यसपछि जनमतले सप्तरी १ मा उम्मेदवार तय गरेर उम्मेदवारी दिएको थियो ।

अन्तत चुनावमा सिके जिते, उपेन्द्र दोब्बर बढी मतले पराजित भए ।

चुनाव जितेपछि काठमाडौं आएर सिकेको राजनीतिक दलका नेताहरुसँग भेटघाटको म्यारथन भेटघाट सुरु भयो। त्यही क्रममा उपेन्द्रको ललितपुर हात्तिवनस्थित अपार्टमेन्टमा सिके उपेन्द्रसाग भेटका लागि पुगे ।

आफैलाई पराजित गरेर संसद यात्रा थालेका सिकेसाग उनी त्यक्ति खुल्न चाहेनन । तर त्यहाा पनि सिकेले संसदमा मधेस केन्द्रीत दलहरुको साझा संयुक्त मोर्चा बनाएर जान उपेन्द्रसँग प्रस्ताव गरेका थिए । तर त्यो प्रस्तावलाई पनि उपेन्द्रले नस्वीकारेको जनमतका नेताहरुको आरोप छ ।

त्यसपछि भने यी दुई नेताका बीचमा औपचारिक भेटघाट भएको छैन । यदाकदा गठबनधन बैठक, कार्यक्रममा एकै ठाँउमा भएपनि अनौपचारिक सम्वाद समेत यी दुर्इ नेताका बीचमा भएको थाहा नपाएको सत्ता गठबन्धनमा रहेका माओवादीका नेताहरु बताउँछन् ।

उपेन्द्रले मधेसका शक्तिहरुको मोर्चा बनाउन गरेको प्रस्ताव पनि उपेन्द्रले नमानेपछि जनमतले सूदुरपश्चिमबाट उदाएको नयाँ शक्ति नागकिर उन्मुक्ति पार्टीसँग मोर्चाबन्दी गर्ने निर्णय लियो । मधेसमा पनि नागरिक उनमुक्तिको प्रभाव क्रमशः बढ्दो थियो । त्यसपछि यी दुई पार्टीले मोर्चाब नाए। पछि लोसपालाई पनि समेटे ।

उपराष्टपति चुनावमा उपेन्द्र रामसहाय प्रसाद यादवलाई जिताएर रिक्त स्थानमा उम्मेदवार बन्न जाने देखेपछि जनमत त्यसको विपक्षमा उभियो । नागकिर उन्मुक्ति, लोसपासाग मलिेर उसले नयाँ मोर्चा कस्यो । पार्टीका तर्फबाट ममता लाई उपराष्टपति उम्मेदवार बनाउने निर्णय लियो ।समर्थक् प्रस्तावकमा नागकिर उन्मुक्ति र लोसपाका नेताहरुको साथ लियो । तर लोसपाले मतदानका बेला भने आफनो उम्मेदवारलाई धोका दिएको जनमतका नेताहरुको भनाई छ ।

त्यसयता फेरि बारमा उपचुनाव हुन लागेको छ । १० बैशाखमा तोकिएको चुनावमा उपेन्द्र सत्ता गबठन्धनका उम्मेदवार छन् । तर उपेन्द्रलाई जसरी पनि संसदमा आउन रोक्ने योजनामा सिकेराउत लागेका छन् । उनले माओवादीबाट चुनाव लडेर थोरै मतले मात्र पराजित भएका शिवचन्द्र कुसुवाहलाई पार्टी प्रवेश गराएर अहिले उपेन्द्रविरुद्ध उतारेका छन् ।

उपेन्द्र र शिवचन्द्र कुसुवाहको चुनाव भएपनि त्यहाा अहिले उपेन्द्र भर्सेस सिके राउतकै झल्को देखिएको मतदाताहरु बताउाछन् । सप्तरी २ मा ५ महिना अगाडी सम्पन्न् चुनावको बारा २ मा अहिले रि-म्याच जस्तै देखिन पुगेको छ ।

मधेसका दुई क्षेत्रीय दलका अध्यक्षका बीचमा देखिएको अस्वस्थ्य द्दन्द्दमा उपेन्द्रलाई सिकेले रोक्लान् या सिकेका अबरोध पन्छाएर उपेन्द्र संसदमा टेक्लान् रु त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया