आइतबार, जेठ ६, २०८१

सशस्त्रको गोताखोरले बालिकालाई निकाल्यो २०० मिटर गहिराइबाट

मेरोन्यूज २०८० वैशाख ३ गते ७:०२

काठमाडौं । कास्की जिल्लाको पोखरा महानगरपालिका १५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा रहेको भासिएको प्वालमा खसेर अड्कीएकी एक जना बालीकालाई सशस्त्र प्रहरीको गोताखोरले अन्दाजी २०० मिटर गहिराइबाट निकालेको छ ।

Advertisement

शनिबार सशस्त्रको गोताखोरले पोखरा महानगरपालिका ८ नागढुंगा बस्ने १२ बर्षकी स्मृति पराजुलीलाई निकालेको सशस्त्रका सहायक प्रवक्ता नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

पराजुली खेल्दै गर्दा प्वालमा खसेकी थिइन् । घटनाबारे जानकारी पाए लगलै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण कास्कीबाट खटिएकोे गोताखोरसहितको टोलीले उनलाई निकालेको हो ।

उद्धार गरी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा अस्पताल पु¥याएलगत्तै डाक्टरले मृत घोषित गरेका थिए ।

प्रतिक्रिया