आइतबार, जेठ ६, २०८१

रौतहटमा गोली लागेर एक जनाको मृत्यु, पाँच जना पक्राउ

मेरोन्यूज २०८० वैशाख २ गते १८:२१

रौतहट । जिल्लाको गढीमाई नगरपालिकामा गोली चलेको छ । घटनामा एक जनाको मृत्यु भएको छ ।

Advertisement

गढीमाई नगरपालिका ८ धोबिनियामा जग्गासम्बन्धी विवाद हुँदा दुई पक्षबीच झडप भएको थियो । सोही क्रममा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको हो । गोली कसले चलायो भन्ने खुलेको छैन ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया