आइतबार, जेठ ६, २०८१

गाउँपालिका अध्यक्षको घरमा फेला परेको बम डिस्पोज

मेरोन्यूज २०८० वैशाख २ गते १५:०२

Advertisement

रुपन्देही । जिल्लाको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको घरनजिकै फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

नेपाली कांग्रेस रुपन्देहीका उपसभापति समेत रहेका अध्यक्ष घिमिरेको सियारी ६ स्थित घरको पछाडि राखिएको बम शनिबार दिउँसो १२ बजेतिर डिस्पोज गरेको हो ।

बम राखेको ठाउँमा मधेस पिपुल्स पार्टीको नाममा पर्चाहरु भेटिएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया