आइतबार, जेठ ६, २०८१

रौतहटमा झडप, प्रहरीको गोली लागेर एकजना घाइते

मेरोन्यूज २०७९ चैत २९ गते १६:२४
फाइल फोटो

काठमाडौं। रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले हवाई फायर गरेको छ । । गरुडा नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गर्नेक्रममा प्रहरीमाथि आक्रमण भएसँगै १६ राउण्ड हवाई फायर भएको हो ।

Advertisement

प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । घाइतेलाई गरुडामा सामान्य उपचार पछि थप उपचारको लागि वीरगंज पठाइएको छ ।

मेयर उम्मेदवार दीपक यादवले गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि विवाद भएको र झडप भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया