मंगलबार, जेठ १, २०८१

ढाकाकुमार श्रेष्ठ कारवाहीमा परेपछि अब विन्दबासिनी कंसाकार बन्नेछिन् रास्वपाका सांसद

मेरोन्यूज २०७९ चैत २९ गते १९:५०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा उनलाई दोषी ठहर गदै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । पार्टीको सदस्य समेत नरहेन गरी उनीमाथी रास्वपाले कारवाही गरेपछि उनको सांसद पद समेत गुमेको छ । रास्वपाले औपचारिक रुपमा संसद सचिवालयलाई ढाकामाथी कारवाही गरेको पत्र पठाएपछि सभामुखले उनको स्थान रिक्त रहेको सूचना जारी गदै निर्वाचन आयोगलाई पत्र पठाएपछि ढाकाको पद औपचारिक रुपमा जानेछ ।

Advertisement

तर यसको औपचारिक निर्णय रास्वपाले उनी पार्टी सदस्य नरहेको र उनलाई कारवाही गरेको पत्र संसद सचिवालयमा पेश गरेपछि मात्रै प्रक्रिया शुरु हुनेछ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२, ३४, ३५ र ३६ का आधारमा ढाकाको सांसद पद गुम्नेछ । उनको स्थानमा समानुपातिक सूचीबाट विन्ध्यवासिनी कंशाकारलाई निर्वाचित गराउन निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय पनि रास्वपाले गरेको छ।

आदीवासी जनजाति कोटामा ढाकाकुमार श्रेष्ठ पछि मेघवहादुर आलेको नाम थियो । तर रास्वपाले उनी पनि विवादित रहेको भन्दै उनको स्थानमा महिला तर्फबट सांसद बनाउने निर्णय गरेको हो ।

ढाकाको सांसद पद गुमेपछि उनी पछि रास्वपाको आदीवासी जनजाति कोटा तर्फको समानुपातिक सूचिमा दोस्रो नम्बरमा रहेका मेघवहादुर आले स्वतः सांसद बन्ने गरी बाटो खुल्ने थियो । तर रास्वपाले उनलाई पनि सांसद नबनाई विध्यावासिनी कंशाकारलाई सांसद बनाउने निर्णय लिएको हो ।

रास्वपाले प्रतिनिधिसभामा ७ स्थानमा प्रत्यक्ष (चितवन २ अहिले पून उपचुनाव हुँदै गरेको क्षेत्र) चुनाव जितेको थियो ।

१० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने दलका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ १३ सीट पाएको थियो । जसमध्ये उसले सबैभन्दा बढी खस आर्यबाट ४ जना, आदिवासी जनजातिबाट ३, दलित र मधेसीबाट २९२ तथा थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक९एकजना सांसद समानुपातिकमा पठाएको थियो । त्यसमा उसले यी सवै समुहबाट ५ जना महिला अनिवार्य पठाउनु पर्ने भएकोले जनजाति पुरुष कोटामा पहिलो नम्बरमा रहेका ढाकाको मात्रै सांसद बन्ने भाग्य खुलेको थियो । दोस्रोमा रहेका मेघवहादुर त्यसपछि रोकिएका थिए । तर फेरि मेघवहादुरलाई रोकेर विध्यावासिनीलाई सांसद बनाउने निर्णयमा रास्वपा पुगेको हो ।

डा। ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीच रकम लेनदेनका बारेमा भएको अडियो सार्वजनिक भएपछि ढाका पार्टीबाट कारवाहीमा परेपछि उनको प्रतिनिधिसभा सदस्य पद गुम्ने भएको हो । ढाकाको रकम लेनदेनको अडियो बाहिर सार्वजनिक भएपछि रास्वपाले उनलाई २४ घन्टे स्पष्टीकरण माग गरेको थियो भने पार्टीको अनुशासन समितिलाई सत्यतथ्य छानविन गर्न ७२ घन्टाको समय दिएको थियो ।

रास्वपाको अनुशासन समितिले ढाकासँग लिखित र मौखिक बयान समेत लिएर पार्टीमा चार पृष्ठको प्रतिवेदन बुझाएको थियो । त्यही प्रतिवेदनका आधारमा रास्वपाको केन्द्रीय समिति बैठकले उनीमाथी कारवाही गरेको हो । कारवाही पछि उनको सांसद पद राजनीतिक दल ऐन २०७३ का आधारमा पनि गुम्ने भएको हो ।

हेर्नुहोस राजनीतिक दल ऐन २०७३ मा भएको ब्यवस्था

को हुन् विन्ध्यवासिनी कंशाकार ?
ढाकाकुमार श्रेष्ठ कारवाहीमा परेपछि उनीपछि मेघवहादुर आले सांसद बन्ने चर्चा थियो । तर रास्वपाले मेघवहादुरलाई पनि सांसद नबनाउने गरी विध्यावासिनी कंशाकारलाई सांसद बनाउने निर्णय लियो । महिलातर्फ भने इन्दिरा रानामगर र सुमना श्रेष्ठपछि कंसाकार तेसा्रे नम्बरको सूचीमा थिइन् । इन्दिरा अहिले प्रतिनिधिसभाको उपसभामुख छिन् । समुना पनि सांसद छिन् । तेस्रो नम्बरमा रहेको कंशाकार अब सांसद बन्ने लागेकी हुन् ।

विन्दवासिनी एसिड पीडितहरुको न्यायका लागि लडिरहेकी अभियन्ता हुन् । उनी आफैं पनि एसिड पीडित हुन् ।

हेटौंडा निवासी विन्दवासिनीलाई २०७० सालमा एसिड आक्रमण भएको थियो । हेटौंडामा रहेको आफ्नै परिवारको भाँडा पसलमा बसिरहेका बेला भारतीय नागरिकले उनलाई बोलाएर एसिड छ्यापेका थिए । आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेपछि उनले विन्दवासिनीमाथि सो कुकर्म गरेका थिए । उनी ६ वर्षपछि २०७७ सालमा पक्राउ परे र जेल सजाय काटिरहेका छन् ।

एसिड प्रहारबाट विन्दवासिनीको अनुहारमा निकै क्षति पुगेको छ । अहिलेसम्म उनले २० पटक अनुहारको शल्यक्रिया गराइसकेकी छन् । एसिड हान्नेलाई कडा सजायको माग गर्दै उनले निरन्तर पैरवी गर्दै आएकी थिइन् ।


प्रतिक्रिया