आइतबार, जेठ ६, २०८१

रास्वपाले लियो दुई करोड घुस माग्ने ढाकाकुमारसँग एक घण्टा बयान

मेरोन्यूज २०७९ चैत २८ गते १८:०३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवादित सांसद ढाकाकुमार श्रेष्ठसँग एक घण्टा बयान लिएको छ ।

Advertisement

रास्वपा अनुशासन समितिले आज दिउँसो पार्टी कार्यालय बसुन्धारमा सांसद श्रेष्ठसँग एक घण्टा बयान लिएको हो । उनी दुई करोड घुस मागेको प्रकरणमा मुछिएका छन् ।

श्रेष्ठले ‘स्वास्थ्यमन्त्री बन्न पार्टी सभापति रवि लामिछानेको कोर टिमलाई बुझाउन’ भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

सोमबार साँझ पार्टीको ताकेतापछि श्रेष्ठले आफ्नो स्पष्टीकरण बुझाएका थिए । स्पष्टीकरणका अडियोमा सुनिएको आवाज आफ्नो नभएको र इडिट गरिएको उनको दाबी छ । बयानका क्रममा भने उनले यस विषयमा पार्टीले गर्ने जुनसुकै निर्णय आफूलाई स्वीकार्य हुने बताएका छन् ।

प्रतिक्रिया