आइतबार, जेठ ६, २०८१

स्लोभाकिया पठाउने भन्दै १२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

मेरोन्यूज २०७९ चैत २८ गते १७:०८

काठमाडौँ । स्लोभाकिया पठाउने भन्दै १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा पाँचथर फागुनन्द गाउँपालिका ३ घर भई हाल ललितपुर महानगर १४ नख्खीपोट बस्ने ४६ वर्षीय एकराज नेम्बाङ रहेका छन् ।

वैदेशिक रोजगारीका लागि स्लोभाकिया जान प्रतिव्यक्ति १५ लाख रूपैयाँ लाग्छ भन्दै उनले रकम ठगी गरेको प्रहरीले जनाएको छ । त्यहाँ मासिक दुई लाख रूपैयाँभन्दा बढी तलब हुने भन्दै प्रलोभनमा पारेको जनाएको छ ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया