आइतबार, जेठ ६, २०८१

चक्रे मिलनका सहयोगी हतियारसहित पक्राउ

मेरोन्यूज २०७९ चैत २८ गते १३:२९

काठमाडौं । गुण्डा नाइके मिलन गुरुङ ‘चक्रे मिलन’का सहयोगी गणेशबहादुर बोगटी हतियारसहित पक्राउ परेका छन् । चक्रे मिलन नेपालगञ्ज गएका बेला उनलाई ‘एके ४७’ हतियारसहित स्कर्टिङ गरिएको भिडियो सार्वजनिक भएपछि बाँकेको बैजनाथ गाउँपालिका, नौवस्ताका बोगटी पक्राउ परेका हुन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सन्तोष सिंह राठौरले बोगटीको साथमा रहेको हतियार समेत बरामद गरिएको जानकारी दिए । बोगटीले जिल्ला प्रशासन कार्यालय, बाँकेबाट लाइसेन्स समेत लिएका छन् ।

नेपालगञ्जको सिद्धार्थ होटलमा देखिएका बेला बोगटीले हतियारसहित उनलाई स्कर्टिङ गरेको भिडियो टिकटकमार्फत सार्वजनिक भएको थियो । नेकपा एमालेमा रहेका चक्रे मिलन युवा संघको महाधिवेशनमा भाग लिन नेपालगञ्ज पुगेका थिए ।

प्रतिक्रिया