आइतबार, जेठ ६, २०८१

अमेरिकन आइडल टिमबाट अर्थर गनलाई ज्यान मार्ने धम्की

मेरोन्यूज २०७९ चैत २७ गते १८:२१


काठमाडौं । अमेरिकन आइडलका प्रतिस्पर्धी नेपालीमूलका दिवेश पोखरेल अर्थात् अर्थर गनले अमेरिकन आइडलले आफूलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन् ।

Advertisement

उनले फेसबुक स्टोरीमा अमेरिकन आइडललाई गाली गर्दै आफ्नो ठाउँमा उभिन चुनौती दिएका छन् । उनले आइडललाई जनावरको संज्ञा दिँदै आफ्नो खुट्टामा उभिन पनि नसुहाउने बताएका छन् ।

अमेरिकन आइडलको १८ औं संस्करणका रनरअप रहेका दिवेशले १९ औं संस्करणमा भाग लिएका थिए तर उनको नाम अन्तिम सातअघि नै हटाइएको थियो । यसप्रति उनले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

अमेरिकाको कनान्समा बसाइँ सर्नुअघि दिवेशले नेपालमा ‘ग्रहण’ र ‘खोज’ गरी दुई एल्बम सार्वजनिक गरेका छन् । उनले यो बाहेक ‘म’, ‘खोज’ र ‘कर्णाली’ गरी तीन सिंगल पनि सार्वजनिक गरेका छन् । अमेरिकन आइडलबाट बाहिरिए लगत्तै आर्थरले ‘सेभ मी नाऊ’ बोलको गीत सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया