आइतबार, जेठ ६, २०८१

विदेशमा मृत्यु भएकाको बिमा रकम ठगी गर्ने नासुसहित दुई जना पक्राउ

मेरोन्यूज २०७९ चैत २६ गते १८:५४

Advertisement

काठमाडौँ । वैदेशिक रोजगारीको शिलशिलामा मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीले बिमाबापत पाउने बिमा रकम ठगी गर्ने गिरोहमा संलग्न थप २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्घाखाँची छत्रदेव गाउँपालिका ४ घर भई काठमाडौँ महानगर २६ रानीबारी बस्ने वैदेशिक रोजगार बोर्डमा कार्यरत नायव सुब्बा ३६ वर्षीय पशुपती अधिकारी र भक्तपुर चाँगुनारायण नगरपालिका ४ बुढाथोकीगाउँ बस्ने सूर्यज्योति जीवन बिमा कम्पनीमा कार्यरत जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकी रहेका छन् ।

मृत्यु भएका नेपालीले प्राप्त गर्ने बिमा बापतको रकम मृतक आफन्तलाई दिलाइदिने भन्दै प्राप्त हुने रकमको केही रकम मात्र आफन्तलाई दिएर बाँकी रकम ठगी गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न रहेका राम बहादुर तामाङसमेत ६ जनालाई चैत २३ गते काठमाडौं गोगंबुबाट विभिन्न मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बीमा कम्पनीको लेटरप्याड लगायत कागजातसहित फेला पक्राउ गरेको थियो ।

घटनाको थप अनुसन्धान तथा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा उक्त कार्यमा संलग्न अधिकारीलाई शुक्रबार र बुढाथोकीलाई शनिबार पक्राउ गरेको हो ।

प्रतिक्रिया