मंगलबार, जेठ १, २०८१

उपेन्द्रले आफ्ना लागि राखे पार्टीको भागमा परेको मन्त्रालय

उपेन्द्र र रविको ढिपीले पाउन सकेन मन्त्रिपरिषद्ले पूर्णता

मेरोन्यूज २०७९ चैत २४ गते ८:१४

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव बैशाख १० गते हुन लागेको उपनिर्वाचनमा बारा–२ बाट उम्मेदवार छन् । गत मंसिर ४ गते भएको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग १८ हजार ६३ मतले पराजित यादव यो पटक पनि जित्ने यकिन छैन ।

Advertisement

तर, उनले १० दलीय सत्ता गठबन्धनमा जसपाको भागमा परेका दुई मन्त्रालय मध्य आफ्नो लागि एउटा मन्त्रालय राखेका छन् ।
मन्त्रालय भागबण्डामा जसपाको भागमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, वन तथा वातावरण मन्त्रालय परेको थिए ।

पार्टी भागमा परेकामध्य वरिष्ठ नेता अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् । वन तथा वातावरण मन्त्रालय भने यादवले आफ्ना लागि भनेर राखेका छन् । यो मन्त्रालयमा जान सांसद प्रदीय यादवलगायतका सांसद आकांक्षी थिए ।

यादवले ‘म उपनिर्वाचन जितरेर आएर यो मन्त्रालय संहाल्ने हो’ भने पछि चुप छन् । उनले उपप्रधानमन्त्रीसहित वनमन्त्री बन्ने ध्याउन्नमा छन् ।

उनको यो ढिपी र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) पनि उपनिर्वाचन पछि सरकार आउने बताएकाले प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । रास्वपामा पनि अध्यक्ष रवि लामिछानेले उपनिर्वाचनपछि आफ्नै नेतृत्वमा सरकारमा आउने भनेर तत्काल नआउने जानकारी प्रधानमन्त्री दाहाललाई गराएका छन् ।

अर्को प्रमुख सत्तारुढ दल कांग्रेसले पनि आफ्नो भागमा परेका ८ मध्य ४ मन्त्री मात्रै पठाएकाले प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन् ।

दाहाले ‘एक दुई दिन मन्त्रिपरिषद्ले पूर्णता पाउने’ सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् । उपेन्द्रले भने आफ्नो पार्टीमा परेको वनमन्त्री उपनिर्वाचन नसकिँदासम्म सिफारिस नगर्ने अड्डी लिएका छन् । जसतो मन्त्रिपरिषद् तत्काल पूर्ण हुने सम्भावना देखिन्न ।

७ पटकसम्म विस्तार गर्दा पनि प्रधानमन्त्री दाहालको जिम्मामा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रालय गरी ६ मन्त्रालय छन् ।

सत्ता गठबन्धनमा कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादीले २, जसपाले २, जनमत पार्टीले, लोसपा, नाउपा र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई १÷१ मन्त्रालय पाउने सहमति भएको थियो ।

प्रतिक्रिया