आइतबार, जेठ ६, २०८१

सिक्किममा हिमपहिरोमा परेर तीन नेपालीको मृत्यु, तीन घाइते

मेरोन्यूज २०७९ चैत २२ गते ८:४५

काठमाडौँ । सिक्किममा गएको हिमपहिरोमा परेर तीन नेपालीको मृत्यु भएको छ । तीन नेपाली घाइते भएका छन् ।

Advertisement

सिक्किम सरकारले विज्ञप्ति जारी गरेर मंगलबार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको भीषण हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको मृत्यु भएको उल्लेख गरेको छ ।

नेपालबाट घुम्न गएका उनीहरु हिमपहिरोमा परेका हुन्। तीनै जना नेपालीको शव नेपाल ल्याउने तयारी भइरहेको छ । नेपालका ४३ वर्षका रमेश खनाल, ३८ वर्षकी ज्योति गुरूङ, ४० वर्षकी गीता सापकोटा घाइते भएका छन्।

मुख्यमन्त्री प्रेमसिंह तामाङले गान्तोकको एसटीएनएम अस्पतालमा उपचाररत हिमपहिरोका घाइतेको स्वास्थ्य अवस्था बुझेका थिए ।

सेना, राज्य विपद् व्यवस्थापन टोली र प्रहरीको लामो प्रयासपछि हिमपहिरो हटाइएको थियो । हिम पहिरोका कारण ४ सयभन्दा बढी पर्यटक र एक सयभन्दा बढी सवारी साधन फसेका थिए ।

प्रतिक्रिया