शुक्रबार, वैशाख ७, २०८१

नवनियुक्त अर्थमन्त्री महतलाई सेयर बजारको ‘रेड सिग्नल’

मेरोन्यूज २०७९ चैत १९ गते १५:२०

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नयाँ अर्थमन्त्री आएपछि सेयर बजार सुधारिने लगानीकर्ताको आशा थियो । तर, प्रकाश शरण महत अर्थमन्त्री भएपछिको पहिलो कारोबारको दिन मै नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो ।

नवनियुक्त अर्थमन्त्री महतले शुक्रबार कार्यभार सम्हाल्दै नेपालको अर्थतन्त्रलाई सुधारेरै छाड्ने दाबी गरेका थिए । तर, कारोबारको पहिलो दिन मै उनलाई सेयर बजारले ‘रेड सिग्नल’ दिएको छ ।

आज नेप्से परिसूचक २० अंकले घटेर १,८८८ दशमलव ५५ को विन्दुमा झरेकाे छ । आइतबार २३ कम्पनीको शेयर मुल्य बढेको छ भने १८९ को घटेको छ । आज २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २० करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । बैंकको ५ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड ५१ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै कालिञ्चोक दर्शनका लगानीकर्ताले कमाएका छन् । यस कम्पनकिा लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका हुन् ।

प्रतिक्रिया