रवि लामिछानेविरुद्ध पुनः सर्वोच्चमा रिट दायर
मेरोन्यूज
२०७९ चैत १९ गते १५:११

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पुनः सर्वोच्चमा रिट परेको छ । उनीविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ पुनः सर्वोच्च पुगेका हुन् ।
अमेरिकी नागरिक रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग गर्दै पौडेल अदालतमा पुगेका हुन् ।
लामिछानेउपर कानुन बमोजिम छानबिन गरी मुद्दा दायर माग गर्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्नु पर्ने उनको माग रहेको छ ।
राहदानी प्राप्त गर्ने कार्यमा लामिछानेको आपराधिक मनसाय नरहेको भन्दै महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निष्कर्ष निकालेको पौडेलको दाबी छ ।
नागरिकता प्रकरणमा मुछिएसँगै लामिछानेले चितवन २ बाट सांसद पद गुमाएका थिए । त्यसका लागि आगामी १० वैशाखमा उपनिर्वाचन गर्ने तयारी भएको छ ।
सम्बन्धित
प्रतिक्रिया