शुक्रबार, वैशाख १४, २०८१

एक महिनामा भित्रिए एक लाख पर्यटक, सबैभन्दा धेरै भारतीय

मेरोन्यूज २०७९ चैत १९ गते १४:३९

काठमाडौं । मार्च महिनामा नेपालमा एक लाख पर्यटक भित्रिएका छन् । यस अवधिमा ९९ हजार चार सय २६ जना हवाईजहाजबाट नेपाल भित्रिएका हुन् । जुन कोभिड सुरु भएपछिको सबैभन्दा धेरै हो ।

सन् २०१९ मा नेपालमा एक लाख २७ हजार पर्यटक आएका थिए । कोरोना सुरु भएपछि सन् २०२१ को मार्चमा १५ हजार र सन् २०२२ को मार्चमा ४२ हजार पर्यटक नेपाल आएका थिए । यसपटक नेपाल आउने पर्यटकमा सबैभन्दा धेरै भारतीय छन् । त्यसपछि अमेरिकी छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार मार्चमा २५ हजार ९११ भारतीय, नौ हजार ५५७ अमेरिकी, ६ हजार १३३ बेलायती नागरिक नेपाल आएका छन् । यस्तै चार सय १४९ जर्मनी, श्रीलंकाबाट तीन हजार ८९८, थाइल्यान्डबाट तीन हजार ८२९, अस्ट्रेलियाबाट तीन हजार ६३५, फ्रान्सबाट तीन हजार नौ, चीनबाट दुई हजार ६३५ र दक्षिण कोरियाबाट दुई हजार ६३९ जना नेपाल आएका छन् ।

नेपालमा कोरोना महामारी नभएको, सुरक्षित र आकर्षक गन्तव्य भएकाले विदेशी नागरिकको रोजाइमा नेपाल पर्न थालेको छ ।

प्रतिक्रिया