शुक्रबार, चैत १६, २०८०

दोल्ती पावरको आइपीओ बाँडफाँड

मेरोन्यूज २०७९ चैत १९ गते १४:३६

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले आइपीओ बाँडफाँड गरेको छ । कम्पनीले फागुन ८ गतेदेखि चैत ७ गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि आइपीओ विक्री गरेको थियो । कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजारको १० प्रतिशत दरको ५ लाख ३६ हजार ४८६ कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि विक्री गरेको थियो ।

कुल कित्ता शेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र नौमुले र कालिका गाउँ विकास समितिमा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाका लागि २ लाख ६८ हजार २४३ कित्ता र आयोजना प्रभावित क्षेत्र दैलेख जिल्लाका नौमुले र कालिका गाउँ विकास समितिका बाहेक अन्य स्थानीयका लागि २ लाख ६८ हजार २४३ कित्ता शेयर चैत १७ गते बाँडफाँड गरेको जनाएको छ ।

आइपीओ खरीदका लागि रीतपूर्वक प्राप्त नभएका आवेदकहरूको शेयरबापतको रकम चैत २० गतेदेखि सम्बन्धित आवेदको बैंक खातामा रकमान्तर गरिने विक्री प्रबन्धकले जनाएको छ । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले सर्वसाधारणका लागि जारी हुने कुल कित्ता शेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँड गरेको हो । यसअघि कम्पनीले फागुन ८ गतेदेखि २५ गतेसम्म वैदेशिक रोजगारीमा विक्री गरेको आइपीओ चैत ६ गते बाँडफाँड गरेको थियो ।

Advertisement

प्रतिक्रिया