शुक्रबार, चैत १६, २०८०

‘सपनाको घर’को ट्रेलर सार्वजनिक (भिडियाे)

मेरोन्यूज २०७९ चैत १९ गते १४:१६

काठमाडौं । जेनेसिस इभेन्टस प्रा.लि.को पहिलो प्रस्तुति रहेको गीत ‘सपनाको घर’को ट्रेलर सार्वजनिक भएको छ ।

नव गायक आरोहण श्रेष्ठको शब्द, रचना तथा गायनमा तयार भएको गीतको म्युजिक भिडीयोमा नायिका नम्रता सापकोटा तथा नायक शिशिर शिवाकोटीको अभिनय रहेको छ ।

प्रेम कथामा आधारीत म्युजिक भिडियोमा रोशन मर्हजन र अनिष तामाङ्गको छायांकन रहेको छ । इलाम, झापा र काठमाण्डौँका मनोरम दृश्यहरु समावेश गरिएको गीतमा बज्र क्रियशनका कोबिद बज्र र बिकेश बज्रको संगीत रहेको छ ।

म्युजिक भिडियोलाई निर्देशक नारायण प्रधानले निर्देशन गरेका हुन् ।

Advertisement

प्रतिक्रिया