बुधबार, वैशाख १२, २०८१

६६औं राष्ट्रिय सहकारी दिवशका अवसरमा विशेष समारोह आयोजना

मेरोन्यूज २०७९ चैत १९ गते १३:३२

काठमाडौं । नेपालको सहकारी अभियानले विविध कार्यक्रमको आयोजनाका साथ आज राष्ट्रिय सहकारी दिवश मनाइदैँछ ।

वि।सं। २०१३ साल चैत्र २० गते चितवनमा वखानपुर ऋण सहकारी समिति स्थापना भएको दिनलाई स्मरण गर्दै आज महासंघको सभा हल ललितपुरमा विशेष कार्यक्रमका साथ सहकारी दिवस मनाउन लागेको हो । “सहकारीको दिगोपनः स्वनियमन र सुशासन” भन्ने नाराका साथ देशभर उत्साहजनक रुपमा ६६ औं राष्ट्रिय सहकारी दिवस मनाइदैछ ।

आयोजित कार्यक्रममा महासंघले विषयविद्द्वारा कार्यपत्र प्रस्तुती तथा सहकारी पुरस्कारको घोषणा गर्ने गरी विशेष समारोहको आयोजना गरेको छ ।

प्रतिक्रिया