बिहीबार, चैत १५, २०८०

चैत २२ मा मनकामना केबुलकार सेवा बन्द रहने

मेरोन्यूज २०७९ चैत १९ गते १३:१३

काठमाडौं । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको टावर मर्मत सम्भार कार्यको लागि यहि चैत्र २२ गते बुधबार १ दिनको लागि केवुलकार सेवा बन्द हुर्ने भएको छ ।


जस अनुसार केवुलकार टावरको मर्मत संभार सकिए लगत्तै यहि चैत्र २३ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ ।


उक्त अवधिभरी केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ ।


कम्पनीले मनकामना केवलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरउन्नती गरेको छ । साथै यसबाट यात्रु महानुभाबमा पर्न जाने असुबिधाको लागि कम्पनि क्षमाप्राथी रहेको छ ।

Advertisement

प्रतिक्रिया