बुधबार, वैशाख १२, २०८१

चर्चित र्‍यापर बादशाह दोस्रो विवाह गर्दै

मेरोन्यूज २०७९ चैत १९ गते १३:११

काठमाडाैं । चर्चित र्‍याप गायक बादशाहले दोस्रो विवाह गर्न लागेको खबर सार्वजनिक भएको छ ।

भारतिय सञ्चारमाध्यमका अनुसार, बादशाह लामो समयदेखि अभिनेत्री ईशा रिखीसँग प्रेममा छन् । उनहिरु एकअर्काका लागि निकै गम्भीर रहेको र छिट्टै विवाह गर्ने खबर आइरहेका छन्। विगतमा बादशाहसँग काम गरिसकेका म्युजिक लेबलका एक कर्मचारीले पनि यसबारे पुष्टि गरेका छन् ।

गत वर्ष बादशाह र इशा रिलेशनशिपमा रहेको खबर इन्टरनेटमा छाएको थियो । तर, यि दुवैले यसबारे केहि प्रतिकृया दिएका थिएनन् ।

रिपोर्टका अनुसार बादशाहले विवाहको किनमेल पनि सुरु गरिसकेका छन् । विवाहको बारे उनका परिवारका सदस्य र नजिकका साथीलाई मात्र थाहा भएको बताईएको छ। यो खबर बाहिरिएसँगै सामाजिक सञ्जालमा हलचल मच्चिएको छ ।

यो बादशाहको दोस्रो विवाह हुन लागेको हो । उनले पहिलो विवाह जस्मिन मसिहसँग गरेका थिए । उनीहरुकी एक छोरी जेसामी ग्रेस मसिह सिंह छन्, जसको जन्म २०१७ मा भएको थियो। बादशाह र जस्मिन सन् २०२० मा अलग भएका थिए । उनीहरुको सम्बन्धविच्छेदको कारण भने अहिलेसम्म खुलेको छैन ।

प्रतिक्रिया