शुक्रबार, वैशाख १४, २०८१

पूर्वसहमहामन्त्री जोशी र कोइरालाको कारबाही फुकुवा गर्ने कांग्रेसको निर्णय

मेरोन्यूज २०७९ चैत १९ गते १२:४६

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, चितवनका पूर्वजिल्ला सभापतिविकास कोइरालालगायत नेताको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

आइतबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा २०७९ भन्दा पहिले नेताहरुमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

तनहुँका पटक–पटक मन्त्री भएका जोशी गत निर्वाचनमा रामचन्द्र पौडेलविरुद्व बागी उम्मेदवारी दिएपछि कारबाहीमा परेका थिए । मंसिर ४ गतेको निर्वाचनमा तनहुँ–१ मा स्वतन्त्र उम्मेदवार बनेका थिए ।

यस्तै कांग्रेसले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ । बैठकमा जसपाको उम्मेदवारलाई सघाउने सभापति शेरबहादुर देउवाले राखेको प्रस्ताव पारित भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

प्रतिक्रिया