शुक्रबार, वैशाख १४, २०८१

उपनिर्वाचन : बारा २ मा कांग्रेसले जसपालाई सघाउने

मेरोन्यूज २०७९ चैत १९ गते १२:०६
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसले बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी(जसपा)लाई सघाउने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले वैशाख १० गते हुने उपचुनावका लागि जसपालाई सहयोग गर्ने निर्णय गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार सानेपामा बसेको बैठकमा जसपाको उम्मेदवारलाई सघाउने सभापति शेरबहादुर देउवाले राखेको प्रस्ताव पारित भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए । 

त्यहाँ जसपाबाट अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने चर्चा छ । त्यस्तै जनमत पार्टीबाट शिवचन्द्र कुसवाह र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल उम्मेदवार बन्दैछन् ।

त्यहाँबाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि १० बैशाखमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया