शुक्रबार, चैत १६, २०८०

मञ्जु अन्सारीले गरिन् प्रतिनिधि सभा सदस्यको शपथग्रहण

मेरोन्यूज २०७९ चैत १९ गते ११:४८

काठमाडौं । प्रतिनिधि सभाकी समानुपातिक सांसद मञ्जु शर्मा (अन्सारी)ले शपथ ग्रहण गरेकी छन् । अन्सारीलाई सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित कानुन समितिको हलमा शपथग्रहण गराएका हुन् ।

समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारी सांसद बनेकी हुन् ।

२०७९ सालको प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जसपाबाट बन्दसूचीको मुस्लिम क्लस्टरको क्रमसंख्या २ मा अन्सारीको नाम थियो । उनी सप्तरी निवासी हुन् ।

प्रतिक्रिया