बिहीबार, चैत १५, २०८०

दक्षिण तथा मध्यपश्चिमी अमेरिकामा शक्तिशाली आँधी, २१ जनाको मृत्यु

मेरोन्यूज २०७९ चैत १९ गते ११:२०

काठमाडौं। दक्षिण तथा मध्यपश्चिमी अमेरिकामा आएको शक्तिशाली आँधीबाट कम्तीमा २१ जनाको मृत्यु भएको छ।

कयौँ राज्यलाई असर पुग्ने गरी आएको आँधीबाट घरहरु भत्किएको र बिद्युत अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन्। अर्कान्ससमा तीव्र रुपमा चलेको हावाले एउटा गाडी पल्टिँदा ५ जनाको मृत्यु भएको छ। यस्तै टेनेसीमा ७, इलिनोइसमा ४ तथा इन्डियानामा ३ जनाको मृत्यु भएको छ। यस्तै अलबामा र मिसिसिपीमा पनि मानवीय हताहति भएको छ।

अर्कान्ससमा गभर्नर सारा हुकाबी स्यान्डर्सले संकटकाल घोषणा गरे। अमेरिकाको राष्ट्रिय मौसम सेवाले अझै तीव्र गतिमा हावा चल्ने र खराब मौसमले थप प्रभाव पार्ने सम्भावना रहेको चेतावनी दिएको छ।

अमेरिकाको पावरआउटेज वेबसाइटका अनुसार ओहियो र पेन्सिलभेनिया राज्यसहित कयौँ राज्यमा झण्डै ६ लाख मानिस विद्युतविहीन भएका छन्। रुखहरु ढल्दा सडकसमेत अवरुद्ध भएका छन्।

Advertisement

प्रतिक्रिया