शुक्रबार, चैत १६, २०८०

मकर जितुमाया हाइड्रोको आईपीओ खुल्यो

मेरोन्यूज २०७९ चैत १९ गते ९:५७

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले दोस्रो चरणमा बिक्री गर्न लागिएको सेयरमध्ये ८० हजार ७० कित्ता सामूहिक लगानी कोषहरूका लागि र ३२ हजार २८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो ।

यो आईपीओको बिक्री अवधि चैत २२ गतेसम्म निर्धारण गरिएको छ । उक्त अवधिमा मागअनुसार आवेदन नपरे आगामी वैशाख ३ गतेसम्म बिक्री खुल्ला रहने बताइएको छ ।

कम्पनीको आईपीओ खरिदका लागि न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ ।

Advertisement

प्रतिक्रिया